घटनाबारे छानबिन भइरहेको छ
सिरहा — सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।
पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र लहान–१९ सोनमती गाढा नरहाको जनता बनवाली माध्यमिक विद्यालय बर्छवा, रामदुलारी मावि कल्याणपुरलगायतका परीक्षा केन्द्रबाट बाहिरिएको पुष्टि भएको छ।
स्थानीयहरूले निजी विद्यालय, केन्द्राध्यक्ष तथा प्रशासनको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको आरोप लगाएका छन्। यता जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले घटनाबारे छानबिन भइरहेको बताएका छन्।
