जनप्रशासन, सानोठिमी र बानेश्वर क्याम्पसमा क्रान्तिकारी विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Revolutionary victorious in public administration, Sanothimi and Baneshwar campuses

काठमाडौँ — काठमाडौंको जनप्रशासन, सानोठिमी र बानेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार स्ववियु अध्यक्षमा विजयी भएका छन् ।

जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नरेन्द्रसिंह ठगुना र बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी अध्यक्ष निर्वाचित भएको ती क्याम्पसले जनाएका छन् ।

क्रान्तिकारीले नेविसंघसंँग तालमेल गरेर उम्मेदरवार उठाएको थियो । जनप्रशासनको सचिवमा भने अनेरास्ववियुका शंकर दुवे निर्वाचित भएका छन् ।

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको प्यानल नै विजयी भएको छ ।

कान्तिपुर

Link copied successfully