सिरहा र लहानका दुई क्याम्पसमा नेविसंघ विजयी

चैत्र ६, २०८१

विनय आजाद

New Union victorious in two campuses of Siraha and Lahan

सिरहा — सिरहामा अवस्थित दुई क्याम्पसमा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । सूर्यनारायण सत्यनारायण मौरवैता यादव बहुमुखी क्याम्पस र लहानको जेएस मुरारका बहुमुखी क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको हो ।

सिरहा क्याम्पसको सभापतिमा नेविसंघका पृथ्वीकुमार यादव १ सय ७८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी संयुक्त विद्यार्थी मोर्चाका विवेक कुमार मण्डलले १ सय १० मत ल्याउँदै पराजय व्यहोरे।

यसैगरी, सचिवमा रमेश कुमार यादव, कोषाध्यक्षमा राम यादव विजयी भएका छन्। सदस्यमा उपेन्द्र गुप्ता, राधिका मण्डल, कञ्चन पासवान, आरती मण्डल, अजिता यादव, विशाल यादव, मनिषा यादव निर्वाचित भए।

यस्तै, लहान क्याम्पसको सभापतिमा नेविसंघकै रोहित कुमार राउत चुनिएका छन् । उनले ५ सय ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका मनिषकुमार चौधरीले ४ सय ३१ मत प्राप्त गरे।

यसैगरी, सचिवमा सुजित कुमार यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमलेश सिंह चुनिएका छन्। यस्तै, सदस्यमा शर्मिला चौधरी, अभिनव महासेठ, उज्ज्वल कुमार, रिकेश सदा, अनिश शेख, आश्का रुचाल, सुनम चौधरी विजयी भए।

समानुपातिकतर्फको मतगणना भने हुने क्रममा रहेको स्ववियु निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully