नेपाल कमर्श र महेन्द्ररत्न ताहचलमा अनेरास्ववियु विजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Aneraswaviyu wins in Nepal Commerce and Mahendra Ratna Tahchal

काठमाडौँ — काठमाडौंका नेपाल कमर्श क्याम्पस मिनभवन र महेन्द्ररत्न ताहचल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

क्याम्पसकाअनुसार महेन्द्ररत्नमा ईश्वरकुमार थापा र नेपाल कमर्शमा विशाल रोकाहा निर्वाचित भएका छन् । रोकाहाले १०५३ मत प्राप्त गर्दा नेविसंघका रबिन वलीले ८६० मत प्राप्त गरेका थिए । सचिवमा भने नेविसंघका सुशील खड्का निर्वाचित भएका छन् ।

महेन्द्ररत्नमा २०७९ को निर्वाचनमा पनि थापा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए । सचिव र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सौगात न्यौपाने र स्मारिका खत्रीसहित प्यानल नै विजयी भएको थापाले बताए । महेन्द्ररत्नमा अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल चुनावी प्रतिस्पर्धामा थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully