हेटौंडा — हेटौंडाको निर्मल बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्षमा अर्की उम्मेदवार नवीना घलानले ३१ मत प्राप्त गरिन् ।
क्याम्पसमा ८७ जना मतदातामध्ये ८४ मत खसेको प्रमुख निर्वाचन अधिकृत गोपीरमण प्याकुरेलले जानकारी दिए । भण्डारीको प्यानलबाट सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल, सदस्यमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दुर्गाकुमारी पण्डित निर्वाचित भएका छन् ।
