अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा उपत्यकाका चार स्थानमा ‘म्याथम्याटिक्स इन द स्ट्रिट’ कार्यक्रम सम्पन्न
काठमाडौँ — नेपाल गणित समाजले अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा उपत्यकाका चार स्थानमा ‘म्याथम्याटिक्स इन द स्ट्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । समाजले बागबजार, पाटन, भक्तपुर र कलंकीमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल गणित समाजका उपसभापति प्रमेश कट्टेलले सामान्य मानिसले पनि गणित बुझुन् भनेर कार्यक्रम गरिएको बताए । उनले भने, ‘गणितलाई सामान्य जनजीवनसँग साक्षात्कार गराउने हाम्रो उद्देश्य रहेको छ ।’
स्ट्रिट कार्यक्रम गणितसम्बन्धी विभिन्न रोचक खेलहरु खेलाइएको थियो । खेलमा विद्यार्थी, शिक्षकका अलावा स्थानीय र बटुवाहरु पनि सहभागी भएका थिए । गणितका आईक्यूसम्बन्धी खेल रोचक देखिएको थियो ।
– अभिषेक अधिकारी (प्रशिक्षार्थी)
