काठमाडौँ — निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन)मा कृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंमा बुधबार सम्पन्न १६ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल, उपाध्यक्षद्वय आशिष श्रेष्ठ, थकिनकुमार गुरुङ, महासचिव आरबी कटुवाल,कोषाध्यक्ष गणेशबाबु पोखरेल चयन भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए ।
