पूर्वाञ्चल विश्वविद्यालयमा चाँडै व्यवस्थित मेडिकल कलेज सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

फाल्गुन २७, २०८१

अर्जुन सुवेदी

An organized medical college will soon be established in the Eastern University: Prime Minister Oli

सुनसरी — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको भन्दै चाँडै व्यवस्थित मेडिकल कलेज सञ्चालन हुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न मोरङको सुन्दरहरैचास्थित गोठगाउँ पुगेका ओलीले कोशी प्रदेशमा रहेको पूर्वाञ्चल विश्वविद्यालय भनेको ज्ञानको केन्द्र र गौरव रहेको उल्लेख गरे । 

कृषि स्कुल अफ एग्रिकल्चर र हेल्थ एन्ड साइन्सको नयाँ भवनसमेत उद्‌घाटन गरेका ओलीले अब विश्वविद्यालयले छिट्टै मेडिकल कलेज सञ्चालन गरेर थप प्रगति हासिल गर्दै जाने दाबी गरे । हिजोको गोठगाउँ आज विश्वविद्यालय बनेको बताउँदै उहाँले यो विकास नभएर के भएको हो त ?’, भन्दै प्रश्न गरे । उनले आफू सरकारको प्रमुख पनि भएकाले विश्वविद्यालयको प्रगतिका लागि सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए । 

विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको व्यवहारिक सीप हासिल गर्नमा लाग्नुपर्नेमा जोड प्रधानमन्त्री ओलीले दिए । विद्यार्थीलाई पलायन नहुन आग्रह गर्दै यो काम म गर्न सक्छु, देश बनाउन सक्छु, पलायन हुने हैन भन्ने भावनाका साथ लाग्न उनले आग्रह गरे । 

समारोहमा विभिन्न संकायका ८ हजार १ सय ५० विद्यार्थी दीक्षित भएका छन् ।

अर्जुन सुवेदी

Link copied successfully