स्ववियु निर्वाचन : मुस्ताङमा सर्वसम्वत नेतृत्व

फाल्गुन २६, २०८१

रासस

Swaviyu elections: All-powerful leadership in Mustang

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । 

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संगठनबीचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो । 

क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ/सङ्गठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो । 

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित भएकी छिन् । 

उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसङ्घ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्वत निर्वाचित भए ।

यसैगरी सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिए । 

रासस

Link copied successfully