मध्यपश्चिम विश्वविद्यालयका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित

फाल्गुन २३, २०८१

ज्योति कटुवाल

3 thousand 841 students of Midwest University were initiated

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीबाट तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकायबाट स्नातक तहका २ हजार १ सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका १ हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।

3 thousand 841 students of Midwest University were initiatedकार्यक्रममा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक प्राध्यापक महेन्द्र पी लामा प्रमुख अतिथि थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताए । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully