स्ववियु निर्वाचन : आज संघ/संगठन दर्ता, यस्तो छ कार्यतालिका

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Swaviyu Elections: Union/organization registration today, this is the schedule

काठमाडौँ — आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तर्गत आज संघ/संगठनहरूको दर्ता हुँदै छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तय गरेको कार्यतालिकाअनुसार सोमबार संघ/संगठनहरू दर्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै, २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । कार्यतालिकाअनुसार सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।

चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ । 

Swaviyu Elections: Union/organization registration today, this is the schedule

कान्तिपुर

Link copied successfully