प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Pabson's 16th National Convention will be held on February 26 and 27

काठमाडौँ — फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौँको कमलादीमा १६ औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।

उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि सहभागी हुने बताए ।

उनले महाधिवेशनमा शुभेच्छुक संस्थाहरू,विदेशी, शुभेच्छुकहरू पनि सहभागी हुने बताए । उनले यसपटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए । ४० जना पर्यवेक्षकहरू रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताए । 

अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

कान्तिपुर

Link copied successfully