नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

National Pabson's Eighth Convention on February 16 and 17

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताए ।

उनले भने, 'राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully