कृषि विश्वविद्यालयमा डिन नियुक्त

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Appointed Dean of Agricultural University

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डिन र एक जना निर्देशक नियुक्त गरेको छ । 

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा डा भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका छन् । परिषद्ले प्रा डा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ । 

कान्तिपुर

Link copied successfully