ग्यालरीमा चार पुस्ताका चित्र

जेष्ठ ९, २०८२

अभिषेक अधिकारी

Four generations of portraits in the gallery

काठमाडौँ — दरबारमार्गस्थित १०८ ग्यालरीमा चार पुस्ताको कला प्रदर्शनी शुक्रबारदेखि सुरु भएको हो ।

एकै परिवारका चार पुस्ता आनन्दमुनि शाक्य, सिद्धिमुनि शाक्य, सुरेन्द्रमान शाक्य र प्रिया शाक्यका चित्र प्रदर्शनीमा राखिएको हो । बुद्ध दर्शनमा आधारित चित्रमा पुराना रङको प्रयोग गरिएको छ । 

आनन्दमुनि तिब्बत भ्रमणमा जाँदा पुरातात्विक महत्वले भरिएको कपडामा चित्र कोर्न थालेका थिए । १९ वर्षकै उमेरबाट उनले चित्रकला सिकेका हुन् । प्राकृतिक खनिज रङबाट बनेका बनाइएका उनका कलासमेत प्रदर्शनीमा राखिएका छन् । Four generations of portraits in the gallery

नेवार समुदायले बौद्ध दर्शनमा आधारित विषयवस्तुलाई कपडामा विभिन्न रङको मिश्रण गरी पौभा चित्र बनाउने गरेको तेस्रो पुस्ताका कलाकार सुरेन्द्रमान बताउँछन् । यसको निर्माण कार्य जटिल भएकाले लोप हुनबाट संरक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘हजुरबुवाले सिकाएको कला बुझ्दै सिक्दै यहाँसम्म आइपुग्यौं,' उनले भने, 'अब आउने नयाँ पुस्तालाई पनि यसबारे ज्ञान दिनुपर्छ ।'

Four generations of portraits in the gallery

पौभा चित्र सिर्जना जटिल हुनुका साथै बजारमा प्राथमिकता नपाउँदा बिक्न गाह्रो हुने १०८ ग्यालरीका संस्थापक सुगत शाक्यले बताए । यस्ता कलाकृतिप्रति चासो बढाउन र संरक्षणका लागि मिडियालगायत विभिन्न क्षेत्रको भूमिका रहने उनको भनाइ छ ।

प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् भने पहिलोपटक प्रकाशनमा आएको कागजी नोट मोरु, चित्रकलाका सामग्री पनि समावेश छन् । प्रदर्शनी एक महिनासम्म चल्नेछ । (प्रशिक्षार्थी)

अभिषेक अधिकारी

Link copied successfully