ध्यान, योग र अध्यात्मसम्बन्धी चित्रकला प्रदर्शनीमा 

जेष्ठ ४, २०८२

आरती पौडेल

Painting exhibition on meditation, yoga and spirituality

काठमाडौँ — योग र अध्यात्मसम्बन्धी चित्रकला प्रदर्शनी आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । चित्रकार भीमप्रसाद शर्माले मानिसले सात चक्र र त्यसको साधना कसरी गरिन्छ भन्ने विषयवस्तु समेटेर कोरेका चित्रकला भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनमा राखेका हुन् ।

 शर्माका यो १३ औं एकल चित्रकला प्रदर्शनी हो । यसलाई ‘कुन्डलिनी–२’ नाम दिइएको छ, जसमा ३७ वटा चित्र प्रदर्शनमा राखिएका छन् । 

प्रदर्शनीमा शर्माका कुन्डलिनीका सात चक्रहरु र त्यसको साधना कसरी गर्छौं भन्ने विषय प्रस्तुत गरिएको छ । ध्यान, योग र साधनासँग जोडिएका चित्रहरुमा हातको मुद्रादेखि विविध विषय समेटिएका छन् । प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

कार्यक्रममा चित्रकार शर्माले लेखेको ‘कुण्डलिनी योग’ पुस्तक संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विमोचन गरेका थिए । नेपालको चित्रकला, योग र साधना प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो । योग र साधनालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै विकसित गर्नुपर्ने उनले बताए ।  

Painting exhibition on meditation, yoga and spirituality

(प्रशिक्षार्थी)

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully