हिमाली कला सम्मेलन सोलुखुम्बुमा ३ चित्रकार पुरस्कृत

जेष्ठ ४, २०८२

भानुभक्त निरौला

3 painters awarded at the Himalayan Art Conference Solukhumbu

सोलुखुम्बु — नेपालमै पहिलो पटक आयोजना भएको हिमाली कला सम्मेलन सोमबार सोलुखुम्बुमा सम्पन्न भएको छ । । बुद्ध जयन्तीको अवसरमा सदरमुकाम सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजना तथा रुबेन आर्ट म्युजियम अमेरिकाको साझेदारीमा आयोजित कला सम्मेलनमा देशभरका विभिन्न स्थानबाट आएका कलाकारहरुले हिमाली चित्रकला कोरेका थिए ।

चित्रकलाका माध्यमबाट बौद्ध धर्मको प्रवर्द्धनका सथै बुद्धत्वलाई आम जनमानस सम्म पुर्‍याउने हेतुले हिमाली कला सम्मेलन गरिएको आयोजक गुम्बाका अध्यक्ष तेन्जी शेर्पाले बताए । नेपाल ललितकला पज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सुरु भएको कला सम्मेलनको प्रज्ञा प्रतिष्ठानका पुरातत्व कला विभाग प्रमुख पाल्सङमु शेर्पाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । 

3 painters awarded at the Himalayan Art Conference Solukhumbuत्यस्तै कला सम्मेलनको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा झापाका एन्जल बस्नेत प्रथम भएका छन् ।  उनले बनाएको चित्रकला भोटिङका आधारमा र कलाको आधारमा प्रथम भएको जनाइएको छ ।  यस्तै दोस्रो स्थानमा अनिषबहादुर नेम्बाङ र तेस्रोमा पूजा राई रहेका छन् ।

3 painters awarded at the Himalayan Art Conference Solukhumbu१७ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा उनीहरूले प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कला सम्मेलनको अवसरमा थाङ्का चित्रकलाको प्रदर्शनी समेत गरिएको थियो । थान्का त्रिचकारहरुले निर्माण गरेका चित्रहरू गुम्बामा प्रदर्शनका लागि हस्तान्तरण गरिएको छ ।  

भानुभक्त निरौला

Link copied successfully