इन्द्रबहादुर राईको कथामा बन्यो चलचित्र ‘जार’

चैत्र १७, २०८१

रासस

The movie 'Jar' was made on the story of Indra Bahadur Rai.

काठमाडौं — साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिए ।

उनले भने, 'हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ ।'

विसं २०८२ वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गर्नुभएको छ । भारतको सिक्किममा छायांकन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायांकन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गंगा थापाले संगीत सृजना गरेका छन् ।

रासस

Link copied successfully