२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

क्रिकेट संघ चुनाव : काठमाडौंमा घले र भक्तपुरमा पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — दिवाकर घलेलाई अध्यक्षमा चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघले मंगलबार सर्वसम्मत कार्यसमिति चयन गरेको छ । संघको चौथो साधारणसभाले अजयवीर पाण्डे उपाध्यक्षमा, किरण राणा सचिवमा र विनितध्वज चन्द कोषाध्यक्षमा चुनेको छ ।

क्रिकेट संघ चुनाव : काठमाडौंमा घले र भक्तपुरमा पाण्डे

पूर्वकप्तान पारस खड्कासहित माधव ढुंगेल, अमृता पौडेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ सदस्यमा निर्वाचित भए ।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पहिलो पुस्ताका खेलाडी मनीषराज पाण्डे भने सोमबार राति सम्पन्न भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनी १४ मत ल्याई निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रुपक रञ्जितले १२ मत ल्याए । उपाध्यक्षमा धर्मसुन्दर शाक्य १४ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी कुन्दनराज सिंहले १२ मत पाए ।

सचिवमा सञ्जय बस्नेत र किशोर चौगुठीले समान १३ मत पाएपछि गोलाप्रथामा बस्नेत विजयी भए । कोषाध्यक्षमा कवि खागी १४ मतसहित विजयी भए भने सागर पालिखेले १२ मतमात्र ल्याउन सके । महिला सदस्यमा नेपालकी पूर्वकप्तान नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् ।

सदस्यमा रोम श्रेष्ठ (२५), राजेशकुमार ठाकुर (२५), अभय राणा (२४), सुरजरत्न शाक्य (१४), स्वस्तिका पौडेल (१४) बुद्धिराम तामाङ (१४), नगेन्द्र भट्टराई (१४), मधुमर्दन राज शर्मा (१३), सुमन रञ्जितकार (१३) र रत्नहरि प्रधानाङ (१३) विजयी भए ।

प्रकाशित : श्रावण ३०, २०८० २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?