कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

२०८० सालको भैरव पुरस्कार प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार शुक्रबार अर्पण गरिएको छ । २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरियो ।

२०८० सालको भैरव पुरस्कार प्रदान

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार प्राध्यापक अभि सुवेदीलाई प्रदान गरियो । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरियो । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन् । पुरस्कृत स्रष्टाहरू पौडेल, सुवेदी र दाहालको साहित्यिक योगदानबारेमा मुकुन्द आचार्य, डाक्टर शिव रिजाल र डाक्टर बलदेव अधिकारीले प्रकाश पारेका थिए

प्रकाशित : आश्विन १९, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?