काठमाडौं-१०(१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका पुकार महर्जन विजयी

मंसिर ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं-१०(१) बाट वाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत ल्याएका छन् भने सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा एमालेका शिव भक्ति बलामीले ७ हजार ३०९, नेकपा माओवादी केन्द्रका (एकल चुनाव चिन्ह)ले ३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीका हरि कुमार महर्जनले २ हजार १७८ मत ल्याएका छन् । 

०७४ मा पनि यो क्षेत्रबाट महर्जन नै निर्वाचित थिए । 

कान्तिपुर

Link copied successfully