२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं — छैटौं म्युजिक खबर म्युजिक अवार्डको मनोनयन सार्वजनिक भएको छ । गतवर्ष सार्वजनिक भएका गीत, संगीतमध्येबाट विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

म्युजिक खबरले ६ वर्षदेखि गर्दै आइरहेको उक्त अवार्ड असार २९ गते राष्ट्रिय नाचघर जमलमा हुँदै छ । 

गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टा, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रवद्र्धन गरी गीतसंगीतमा लाग्नेहरूका लागि ऊर्जा दिन अवार्डको गरिएको म्युजिक खबरका अध्यक्ष सुमन पण्डितले बताए । ्अवार्डमा पप गायिकातर्फ आकांक्षा बस्याल, एन्जिला रेग्मी, दीपा पन्त, माण्डवी त्रिपाठी र योजना पुरीबीच प्रतिस्पर्धा हुँदै छ भने पप गायकमा अमीर देउला, उदेश श्रेष्ठ, डेबिट शंकर, सुरज श्रेष्ठ र श्याम सामसोङ उत्कृष्ट पाँचमा परेका छन् । दोहोरी गायिका विधाका लागि भने जुनु रिजाल, देवी घर्ती, पूर्णकला बीसी, मुना थापा र शर्मिला गुरुङ रहेका छन् भने दोहोरी गायकतर्फ कृष्ण रेउले, भागीरथ चलाउने, मेक्सम खाती, विरही कार्की र राजन गुरुङ प्रतिस्पर्धामा परेका छन् ।

सुगम संगीतको गायिकातर्फ भने अञ्जु पन्त, जुना प्रसार्इं, टीका प्रसार्इं, दुर्गा परियार र मेलिना राईबीच प्रतिस्पर्धा चल्दा गायकतर्फ मनोजराज, रामकृष्ण ढकाल, रामभक्त जोजिजु, शिव परियार र त्रिलोक राना भिड्ने भएका छन् ।

 

प्रकाशित : जेष्ठ २८, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?