कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

'फ्रेन्ड्स' अभिनेता म्याथ्यु पेरीको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — 'फ्रेन्ड्स' अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । ५४ वर्षका पेरी लस एन्जलसमा रहेको घरमा मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

'फ्रेन्ड्स' अभिनेता म्याथ्यु पेरीको निधन

पेरीले सन् १९९४ देखि २००४ सम्म प्रदर्शनमा आएको चर्चित टिभी सिरिज 'फ्रेन्ड्स'मा चन्डलर बिंगको भूमिकामा अभिनय गरेका थिए । कमेडी विधाको यो सिरिजको अन्तिम एपिसोडलाई ५२.५ मिलियनले हेरेका थिए । यो त्यतिबेला सबेभन्दा धेरै हेरिएको संख्या थियो ।

'फ्रेन्ड्स' निर्माण कम्पनी वार्नर ब्रोज टिभीले अभिनेता पेरीको सम्झनामा लेखेका छन्,'हाम्रा प्रिय मित्र म्याथ्युको निधनको खबरले हामी मर्माहत छौं ।' पेरीले लामो समय पेनकिलर्स र रक्सीको लतसँग जुध्नुपरेको थियो । धेरै पटक उनी पुन:स्थापना केन्द्रमा पनि बसेका थिए ।


प्रकाशित : कार्तिक १२, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?