२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

गायक डेबिट शंकरको नयाँ गीत सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक डेबिट शंकरको ‘सलल बगेको पानी’ बोलको नयाा गीत सार्वजजिक भएको छ । ‘छक्का पञ्जा ३को हिट गीत ‘पहिलो नम्बरमा’ पछि उनको नयाा गीत सलल बगेको पानी  युट्युबमा रिलिज भएको हो । 

गायक डेबिट शंकरको नयाँ गीत सार्वजनिक

पहिलो नम्बर बोलको गीतबाट चर्चा बटुलेका बनेका गायक डेबिटको नयाा गीतमा दिपक शर्माले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलको छ । यसअघि गायक डेबिटले आजाव दिएको पञ्जेबाजा फिल्मको ‘घिनघिन मादल’ बोलको गीत पनि हिट भएको थियो ।


रिलिज भएको नयाा गीतमा भने सुमन बैरागीको शब्द रहेको छ भने गायिका सहिमा श्रेष्ठका स्वर रहेको छ । नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका छन् ।


सुदीप बरालले छायांकन गरेको भिडियोमा चर्चित नायिका जस्मिन श्रेष्ठ र चर्चित नायक विनोद न्यौपानेले अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन २०, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?