आप्रवासन नियममा कडाइ गरेपछि अमेरिकाद्वारा जनवरीदेखि ८५ हजार भिसा रद्द

सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यसको घोषणा गरेको हो ।

मंसिर २४, २०८२

एएनआई 

US cancels 85,000 visas since January after tightening immigration rules

What you should know

वासिङ्टन डीसी — अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यसको घोषणा गरेको हो ।

घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर 'अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस्' भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।

भिसा प्रणालीमा भएको कडाइलाई प्रस्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसामध्ये आठ हजारभन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन् ।  

असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरूका कारणहरु पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

विभागको विगतका स्पष्टीकरणहरूमा भिसा म्याद सकिने र 'आतंकवादलाई समर्थन' लगायतका कारणहरूले भिसा रद्द गरिएको जनाइएको छ ।

गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि त्यस्तै गरी कडा छानबिनमा परेको जनाइएको छ ।

यो कार्यले गत अगस्टमा उल्लिखित विभागको योजना अनुरुप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाखभन्दा बढी विदेशीहरूका लागि 'निरन्तर जाँच' प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिहरूलाई निगरानी गर्ने उद्देश्यलाई कार्यन्वयन गरेको जनाइएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरुको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ ।

प्रशासनले 'एच–१बी' आवेदकहरूको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो ।

विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानबिनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीहरु बीचमा भएको उल्लंघनलाई थप चुस्तदुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ ।

एएनआई 

Link copied successfully