तेल अभिभ — गाजा बालबालिका र भोकमरीमा परेका मानिसहरूको चिहान बनेको युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले शनिबार बताएका छन् ।
तेल अभिभले गाजामा ‘क्रूर र माकियाभेलियाली योजना’ निर्माण गरिरहेको उनले बताए ।
हालै गाजाको सरकारी कार्यालयले संयुक्त राज्य अमेरिका र इजरायल समर्थित जीएचएसद्वारा सञ्चालित खाद्य सहायता वितरण स्थलहरूको पर्खाइमा रहेका बेला मे २७ देखि अहिलेसम्म कम्तीमा ८०० प्यालेस्टिनीको मृत्यु भएको र पाँच हजार १०१ जना घाइते भएको बताएको छ ।
'हाम्रो बुझाइमा गाजा बालबालिका र भोकमरीमा परेका मानिसहरूको चिहान बनेको छ,' लाजारिनीले एक्समा लेखेका छन् ।
उनले भने, 'उनीहरू गाजाबाट बाहिर निस्कने कुनै उपाय छैन । तिनीहरूको छनौट भोकमरी वा गाली लागी हुने दुई मृत्युमध्ये एक हो । यो हत्या गर्ने सबैभन्दा क्रूर र म्याकियाभेलियाली योजना हो ।'
'गाजामा पूर्ण दण्डहीनतामा हाम्रा मूल्य र मान्यतालाई गाडिएको छ । अकर्मण्यताले थप अराजकता ल्याउनेछ । काम गर्ने समय अतिदेय छ,' उनले भने ।
अल जजिराका अनुसार मध्य गाजाको देइर अल–बलाह सहरमा बिहीबार इजरायली सेनाले पोषण पूरक आहारको लागि लाइनमा बसेका नौ बालबालिका र चार महिलासहित १५ जनाको हत्या गरेपछि लाजारिनीको यो टिप्पणी आएको हो ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले मेदेखि जुलाई ७ को बीचमा संयुक्त राष्ट्रसंघले गाजामा सहायता केन्द्रनजिक ७९८ जनाको हत्या भएको जानकारी दिए ।
इजरायली सैनिक र जीएचएफमा काम गर्ने अमेरिकी ठेकेदारहरूले खानाका लागि भेला भएका निहत्था प्यालेस्टिनीहरूलाई गोली हानेको स्वीकारेका थिए ।
अल जजिराका गेब्रियल एलिजोन्डोले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का उपकार्यकारी निर्देशक कार्ल स्काउले गाजाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको जानकारी दिएका थिए ।
गाजाको आफ्नो चौथो भ्रमणबाट भर्खरै फर्केका स्काउले डब्लुएफपीसँग गाजाको सम्पूर्ण जनसंख्यालाई दुई महिनाका लागि खुवाउन पर्याप्त खाद्यान्न रहेको तर ट्रकहरू भित्र जान नदिएको बताएका थिए ।
