कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित

(एजेन्सी)

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ । उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो । 'कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन्,' वक्तव्यमा भनिएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?