बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित

चैत्र १४, २०७६

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । 

 प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ । उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो ।  'कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन्,' वक्तव्यमा भनिएको छ ।

Link copied successfully