आईपीएल २०२४

ऋषभको उत्कृष्ट प्रदर्शनमा दिल्ली विजयी

वैशाख १३, २०८१

कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।...

आईपीएल २०२४ : पञ्जावमाथि हैदरावादको झिनो अन्तरको जित

सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार पञ्जाव किंग्समाथि दुई रनको झिनो अन्तरको जित निकालेको छ । हैदरावादको यो लगातार दोस्रो जित हो र यससँगै उसको छ अंक भएको छ ।

चेन्नईसँग कोलकाताको पहिलो हार

लयमा देखिएको कोलकाता नाइटराइडर्सले आईपीएल-२०२४ मा सोमबार पहिलो हार बेहोरेको छ । उसलाई डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले सात विकेटले हराएको छ ।

यशको उत्कृष्ट बलिङमा लखनऊ विजयी

भारतीय सिमर यश ठाकुरले पहिलो पटक पाँच विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि लखनऊ सुपर जायन्ट्सले आइतबार  गुजरात सुपर जायन्ट्सलाई ३३ रनले पराजित गरेको छ । यशले ३० रन खर्चेर पाँच विकेट लिए र जितका लागि १ सय ६४ गुजरात १ सय ३० रनमै समेटियो ।

राजस्थानको जितअगाडि कोहलीको शतक ओझेलमा

जस बटलरले आफ्नो सयौं आईपीएल खेलमा बनाएको शतकमा राजस्थान रोयल्सले शनिबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । हारले बेंगलुरुका लागि विराट कोहलीको शतक ओझेलमा पर्‍यो ।

आईपीएल २०२४ : हैदरावादसँगको हारमा चेन्नाइको खराब लय

लगातार दुई खेल जितेर राम्रो सुरुआत लिएको चेन्नाइ सुपर किंग्सले लय गुमाएर त्यसपछिका दुई खेल भने गुमाएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नाइ शुक्रबारको खेलमा सनराइज हैदरावादसँग छ विकेटले पराजित रह्यो ।

मयन्कको गति

मयन्क यादव यसअघि कहाँ लुकिरहेका थियौ ?’ डेल स्टेयनको प्रश्न थियो यो । साँच्चै यी मयन्क को हुन्, के हुन् भनेर अहिले सबैको कौतूहल छ । उनको प्रदर्शनले भारतीय क्रिकेटमा सनसनी मच्चिरहेको छ र भन्न सुरु भएको छ, मयन्क ‘नेक्ट्स बिग थिङ्ग’ हुन् । चर्चामा आउन पनि भाग्यमानी हुनुपर्दो रहेछ । मयन्कले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ठीकठाकसँग जम्माजम्मी दुई खेल खेलेका छन् । तर, यति नै क्रिकेट मन पराउनेबीच छाउनका लागि पर्याप्त रह्यो । 

आईपीएल २०२४ : बेंगलुरुमा कोलकाताको सजिलो जित

घरेलु समर्थकलाई निराश पार्दै कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई सजिलै सात विकेटले हराएको छ । यसपल्टको प्रतियोगितामा ‘अवे’ टिमले जित निकालेको यो पहिलो खेल रह्यो ।

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

आईपीएल २०२४ : कोहलीको अर्धशतकमा  बेंगलुरु विजयी

विराट कोहलीको अर्धशतकको मद्दतले रोयल च्यालेन्जर्स  बेंगलुरुले सोमबार पञ्जाव किंग्सलाई चार विकेटले पराजित गरेको छ । बेंगलुरु चार खेलको खेल बाँकी हुँदा जितसम्म पुगेको थियो । यस सिजन बेंगलुरुको यो पहिलो जित हो ।

आईपीएल-२०२४ : डिफेन्डिङ च्याम्पियन चेन्नईको विजयी सुरुआत

बंगलादेशी बलर मुस्तफिजुर रहमानको घातक बलिङको मद्दतले चेन्नई सुपर किंग्सले आइतबार उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेलटे पराजित गर्दै विजयी सुरुआत लिएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नईका लागि मुस्तफिजुरले २९ रनमा ४ विकेट लिए ।

आईपीएल सुरुआतमै चेन्नईविरुद्ध बेंगलुरु

चन्नईविरुद्ध बेंगलुरु । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा यो जत्तिको आकर्षक खेल अरू कुन हुन सक्छ ? आईपीएलको नयाँ संस्करण शुक्रबार सुरु हुन लागेको हो । पहिलो खेल चेन्नईमा हुनेछ । यो खेल रहनेछ डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु । धोनीले चेन्नईको नेतृत्व छोडे पनि खेलाडीका रूपमा भने सहभागी हुनेछन् ।

आईपीएल अक्सन : अनुभवीको बर्चस्व

त्यसो त यसको नामै थियो, ‘मिनी अक्सन’ । तर नामअनुसार काम भएन । जे काम भयो, त्यो भने अन्तर्राष्ट्रिय क्रिकेटका लागि राम्रै हो । कुनै समय थियो, क्रिकेटका खेलाडीले लोभ गर्थे, फुटबल खेल्नेले कति धेरै कमाउँछन् भनेर । तर अब त क्रिकेटमा पनि मस्त कमाइ हुन्छ । यसका लागि धन्यवाद दिनै पर्ने हुन्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) लाई । यसपल्टको ‘मिनी अक्सन’ मा दुई खेलाडीमाथि कीर्तिमानी भाउ लाग्यो, त्यसैले यसको खास अर्थ हुनेछ ।