श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने लागत र सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट समिट’ को अन्तिम सत्र ‘श्रममन्त्रीको श्रम कति ?’ मा मन्त्री भण्डारीले अहिले अभ्यासमा रहेको फ्री भिसा र फ्री टिकटको नीतिले श्रमिकहरू मारमा परिरहेको बताएका हुन् । उनले श्रमिकले तिर्नुपर्ने वास्तविक लागत स्पष्ट हुनुपर्नेमा जोड दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले राज्यले श्रमिकको श्रमको उचित कदर गर्न नसकेको बताएका छन् । श्रमिकहरूको उचित सम्मान हुन नसकेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू दक्ष र सक्षम भए कतै पनि अपमानित हुनु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।
दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् ।
पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको तेस्रो सत्र 'फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध' कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।
नेपालमा प्राप्त सबै माग 'फ्रि भिसा फ्रि टिकट'को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रोे सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सचिव भण्डारीले गन्तव्य मुलुकको माग अनुसार नै कामदार पठाइरहेको बताएका हुन् ।
वैदेशिक रोजगारबाट आएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी हुनु नै गम्भीर चुनौती बनेको नेपाली कांग्रेसका सांसद् एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बताएका छन् ।
नेपालमा विदेशबाट पैसा पठाउन कतिपयले प्रयोग गर्दै आएको हुन्डीजस्ता अवैध माध्यमहरूले दिने वित्तीय लाभसँग सरकारी सहुलियत सुविधाहरू कहिल्यै प्रतिश्पर्धि हुन नसक्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौड्यालले वैदेशिक रोजगारीमा जाने नेपालीमा वित्तीय साक्षरता कम हुँदा अनौपचारिक क्षेत्रबाट हुने कारोबार बढेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको दोस्रो सत्र ‘विप्रेषणः सचिंति बढाउन, उत्पादनमा लगाउन’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
रेमिट्यान्सले नेपालको व्यापार घाटालाई भरथेग गरिदिएको नेपाली कांग्रेसका सांसद् एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको दोस्रो सत्र 'विप्रेषण : सञ्चिति बढाउन, उत्पादनमा लगाउन'मा बोल्दै उनले पर्यटनले पनि पछिल्लो समय केही सहयोग गरेपनि अहिलेको वैदेशिक मुद्राको स्रोत रेमिट्यान्स नै भएको बताए ।
मधेशमा मिटरब्याजको ठूलो समस्या रहेको आप्रवासी श्रमिक सञ्जालका पूर्वअध्यक्ष कौशिल्या कुशवाहले बताएकी छन् । बिहीबार काठमाडौंमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको दोस्रो सत्र 'विप्रेषण : सञ्चिति बढाउन,उत्पादनमा लगाउन' मा बोल्दै उनले सरकारले मिटरब्याजलाई नियन्त्रण गर्ने कानुन ल्याउनुअघि त्यसलाई व्यवस्थथापन गर्न नसकेको बताएकी हुन् ।
कांग्रेस सांसद कान्तिका सेजुवालले स्थिर सरकार नहुँदा मुलुकमा चुनौतीहरू थपिँदै गएको बताएकी छिन् । बिहीबार कान्तिपुर मिडियाले काठमाडौंमा आयोजना गरेको 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको पहिलो सत्र 'आन्तरिक रोजगारी दशक, सफल पार्न सकस' मा बोल्दै सांसद सेजुवालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको तादम्यता नमिल्दा पनि चुनौती थपिएको बताएकी हुन् ।
वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी अवस्था कम गर्ने उद्धेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिए पनि त्यो सम्भव हुन नसकेको प्रधामन्त्री रोजगार कार्यक्रमका रोजगार विज्ञ युवराज बस्नेतको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अदक्ष कामदार मात्रै वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भाष्य बनेको बताए । वैदेशिक रोजगारीमा पठाउनै पर्ने भएमा दक्ष जनशक्ति पठाउन सकेको खण्डमा अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउने सम्भावना रहेको उनको भनाइ छ ।