११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
इजरायल-हमास युद्धविराम

इजरायल र हमास युद्धविराम लम्ब्याउन सकारात्मक

मंसिर ११, २०८०

हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए यु...

इजरायल-हमास युद्धविराम सहमति

कञ्चनपुर भीमदत्त नगरपालिका–३ का महानन्द र पद्माले छोरा विपिन जोशीको बाटो कुरेकै ४७ दिन भयो । विपिन प्यालेस्टिनी लडाकु समूह हमासद्वारा असोज २० देखि बन्धक बनाइएका छन् ।

इजरायल-हमास सहमति : २४ घण्टाभित्र युद्धविराम घोषणा हुने, त्यसपछि बन्धक छाडिने

कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ ।

बन्धक छुटाउन हमाससँग सम्झौता गर्न इजरायल सहमत

इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् ।

गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीहरूलाई राहत सहायता पुर्‍याउने विषयमा आफ्नो देशको अडानलाई जोड दिएका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

इजरायल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ ।

हमास-इजरायल युद्ध : गाजा क्षेत्रमा मात्रै ११ हजार मारिए

हमास र इजरायलबीच युद्ध सुरु भएको ३७ औं दिनसम्म पुग्दा गाजा क्षेत्रमा मात्रै ११ हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको दाबी गरिएको छ । उक्त अवधिमा युद्धग्रस्त गाजाबाट १५ लाख प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् । 

'गाजामा मानवीय युद्धविराम आवश्यक’

जापानको टोकियोमा बुधबार आयोजित जी–७ का विदेशमन्त्रीहरूको बैठकमा गाजामा मानवीय संकटको विषयमा तुरुन्त कदम चाल्न जोड दिइएको छ । बैठकपछि जारी वक्तव्यमा ‘गाजामा बिग्रँदो मानव संकटमा तत्काल हस्तक्षेप गर्न आवश्यक’ रहेको उल्लेख गरिएको हो । बैठकले इजराइल–हमास युद्धमा साझा सहमति बनाउन पनि माग गरेको छ । यद्यपि, बैठकले गाजामा युद्धविरामका लागि भने अपिल गरेको छैन ।

विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । 

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

काठमाडौंबाट गुटेरेसको अपिल : गाजाका २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भए, तत्काल युद्धविराम गर'

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।

सुडानमा एक साताका लागि युद्धविराम गर्ने सहमति

सुडानको सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच एक साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । युद्धविरामका साथै शान्तिवार्ताका लागि आ-आफ्नो पक्षबाट प्रतिनिधि पठाउनसमेत सरकारी सैनिक र आरएसएफ तयार भएको बीबीसीले जनाएको छ ।