कडा सुरक्षा सतर्कता अपनाउँदै जिल्लाको विभिन्न ठाउँमा निकालिएका दुर्गा झाँकी बुधबार विसर्जन गरिएको छ । कतै घटस्थापना र कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्तिको झाँकी निकालेका थि...
नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले शनिबार फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।
यसपालिको दसैं घरआँगनमा भित्रिएको छ । बजारमा किनमेल गर्ने, चाडलाई खानपान जोहो गर्नेको भीडले सहरबजार चलायमान छन् । लिंगेपिङको चचहुई र चंगा चेट्ले दसैं आगमनलाई अझ रौनक थपेका छन् । राजधानी र ठूला सहरबाट घर फर्कनेको लर्कोले सार्वजनिक सवारीसाधनमा भीड थामिनसक्नु छ ।
दसैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको लर्को लागेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ ।
नेपाल र नेपालबाहिर, विशेषतः पश्चिमी गोलार्द्धमा नेपाली सनातन पर्वहरू छुट्टाछुट्टै बार र गते पर्न पनि सक्छन् । कुनै तिथि नेपालमा एक दिनपछि पर्न सक्छ भने अमेरिकामा एक दिनपहिले । यस्तो किन र कसरी हुन्छ ? यो लेखमा विक्रम सम्वत् २०८० (सन् २०२३) को बडा दसैंलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाको दशमीको तिथि वा साइतबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
बडादसैं घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययनलगायतका लागि टाढा पुगेकाहरू दसैं मनाउन थातथलो फर्किएका छन्, फर्किंदै छन् । उनीहरूको आगमनले परिवारभित्र मात्र नभएर गाउँटोलमा उल्लास छाउँदै छ । घरहरू सिँगारिएका छन्, सफासुग्घर बनाइएका छन् । शुभकामना आदानप्रदान चलिरहेको छ ।
दसैंमा टिकट पाउन सकस हुने भएकाले कैलालीका हिमाल रोकाले दुई दिनअघि नै घर फर्किन टिकट काटे । बुधबार दिउँसो ३ बजेको बस थियो । हिमालका ७ जना दृष्टिविहीन साथीहरू टिकट पाएकोमा ढुक्क थिए । बसमा साइड ‘ए’ को ३ देखि १० सम्मका टिकट उनीहरूको नाममा थियो । तर, जब उनीहरू बसमा पुगे । स्थिति फेरियो । उनको सिटमा अरू सग्ला मान्छे बसेका थिए ।
नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट भेडा–च्यांग्रा बिक्री गरिरहेका छन् ।
चालु आर्थिक वर्षको तीन महिनासम्म उत्तरी गोरखाका खाद्यको डिपो र बिक्री केन्द्रमा चामल ढुवानी हुन सकेको छैन । ठेक्का प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन नसकेको हो । ठेक्का स्वीकृत भएर सम्झौता प्रक्रिया बाँकी रहेकाले दसैंअघि चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाले जनाएको छ ।
२०७७ असोजमा रहर दालको मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँ थियो । ०७८ असोजमा १० रुपैयाँ बढेर १ सय ७० पुग्यो । ०७९ असोजमा थप १५ रुपैयाँ बढेर १ सय ८५ र ०८० असोजमा २ सय ३० पुग्यो । ०७७ असोजमा प्रतिलिटर ९ सय रुपैयाँ रहेको नेपाली घिउ ०७९ असोजमा १२ सय पुग्यो । ०८० असोजसम्म आइपुग्दा १३ सय ५० पुगेको छ ।
दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको भीड बढ्न थालेको छ । विद्यालय र कलेज बन्द हुन थालेको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि बसपार्कमा घर जानेको चाप बढेको हो । यति बेला गोंगबुस्थित नयाँ बसपार्कमा बढी चहलपहल छ, जहाँ बिहान र साँझमा घर जाने यात्रुको भीड बढ्ने गरेको छ ।
यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।
चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर साढे ७ सय स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् ।
दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारले बताए ।
काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्राउन फूलपाती गोरखाबाट पठाइएको छ । हनुमानढोका फूलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेका थिए ।
पाल्पाका कोत र दसैंघरमा फूलपाती भित्र्याइएको छ । तानसेन जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको २ सय वर्षभन्दा पुरानो दसैंघरमा पनि फूलपाती भित्र्याइएको छ ।
पाँचथरका विभिन्न दसैंघरहरूमा आइतबार बिहान बढाइँका साथ फूलपाती भित्र्याइएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको रणसेर गण, सशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालयसहितका दसैंघरहरूमा फिदिम- ४ सुम्हात्लुङ शक्तिपीठबाट आइतबार फूलपाती भित्र्याइएको हो ।