इजरायल र हमासबिच थप गरिएको युद्धविराम सकिएलगत्तै इजरायली सेनाले पुन: आक्रमण सुरु गरेको छ । इजरायलले हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले आक्रमण सुरु गर्नुपरेको दाबी गरेको छ । इजरायलले स...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् ।
मंगलबार राति दिल्लीबाट हिँडेका कैलाली टीकापुरका नन्दराम भूल बुधबार बिहान गड्डाचौकी नाकामा पुगे । नाकामा पुग्नेबित्तिकै उनले घरमा फोन गरेर दिउँसोसम्म पुग्ने खबर गरे ।
झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्राही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।
प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् ।
सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। सरकारले उनीहरुलाई भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजा क्षेत्रमा २४ घण्टाका लागि मात्र पानी, बत्ती र इन्धन बाँकी रहेको बताएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी द्वन्द्वका कारण उत्तरी गाजा क्षेत्रको मानवीय स्थिति बिग्रँदै गएको चेतावनी डब्लूएचओले दिएको हो ।
प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो ।
एक साताअघि प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता र बन्दी भएका इजरायलीको परिवारले सरकार तथा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोधमा प्रदर्शन गरेका छन् । तेल अभिभमा प्रदर्शन गर्दै उनीहरूले गाजा क्षेत्रमा बन्धक बनाइएका इजरायलीको उद्धारमा सरकारले बेवास्ता गरेको बताएका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुको राजीनामा पनि माग गरेका छन् ।
गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।
आइतबार दिउँसो २ बजे हामी गोरखाका हिमाञ्चल कट्टेलसँग कुराकानी गरिरहेका थियौं, एक्कासि साइरनको ठूलो आवाज गुन्जियो । करिब ७० किलोमिटर टाढा रहेको गाजा क्षेत्रबाट प्रहार गरेको लामो दूरीको रकेट हर्जोलियातर्फ सोझिएपछि सावधान रहन साइरन बजिरह्यो ।
इजरायलमाथि हमासको आक्रमण भएसँगै बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्था पत्ता लगाउनका लागि सरकारले सम्भव भएसम्मका उपलब्ध संयन्त्रको परिचालन गरिरहेको जनाएको छ । त्यसका लागि हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ । इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनलाई प्राथमिकता दिएको छैन । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।
विमानले जब नेपाली भुइँ टेक्यो, यात्रुहरू ताली पड्काउन थाले, खुसीले कराउन थाले । यस पटक यात्रुको होहल्लामा विमानका चालक र क्याबिन क्रुसँगै खुसी थिए, विमानमा सवार परराष्ट्रमन्त्री एनपी साउद पनि ।