१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्रीको चीन सयर औपचारिक

आश्विन १४, २०८०

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । भारत भ्रमणपछि चीन जान हतारिएका दाहाल अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघको महासभ...

टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने

चीनले लिजी-नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो ।

प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल–चीन द्विपक्षीय वार्ता जारी

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता जारी छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री दाहाल बेइजिङ पुगे

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण : सन्तुलित र सम्मानजनक कूटनीतिको अपेक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो चीन भ्रमणमा छन् । प्रधानमन्त्री भएको करिब नौ महिनापछि र दक्षिणी छिमेक भ्रमण गरेको साढे तीन महिनापछि दाहाल उत्तरी छिमेकको औपचारिक भ्रमणमा निस्किएका हुन् । प्रधानमन्त्रीका रूपमा दाहालको यो तेस्रो चीन भ्रमण हो । प्रधानमन्त्री तहमा नेपालबाट पाँच वर्षपछि उत्तरी छिमेकी मुलुकको भ्रमण भएको छ । जुन आपसी सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै द्विपक्षीय हित प्रवर्द्धन र पारस्परिक सम्बन्ध सुदृढीकरण गर्ने महत्त्वपूर्ण अवसर हो ।

नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए ।

प्रधानमन्त्रीले चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्नुपर्छ : गुरु बराल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने माग गरेका छन् । उनले त्यसबारे प्रमुख सत्तारुढ दल भएको हिसाबले कांग्रेसले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने बताए । 

प्रमको चीन भ्रमण भिक्षाटन नहोस्

अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाले एउटा उत्तर आधुनिक दार्शनिक भाष्य निर्माण गरेका थिए, ‘संसारको अन्त्य’ । सात दशक पुरानो साम्यवादी सत्ता सोभियत संघको विघटनपछि उनको यो अवधारणा सार्वजनिक भएको थियो । दुई ध्रुवमा विभाजित विश्व महाशक्ति केन्द्र अबउप्रान्त नरहने र उदार पुँजीवादको एकछत्र राज हुने उनको आकलन थियो । तर त्यो सत्य साबित भएन ।