२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
प्रधानमन्त्रीको भारत भ्रमण

‘अब प्रचण्डले सधैंभरि गेरुवस्त्र लगाएर हिँडोस् भनेका छन्, तर निश्चिन्त काममा छु’

जेष्ठ २०, २०८०

तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल छिमेकी भारतको चौथो भ्रमणमा छन् । लामो रस्साकसीबीच उनले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा देशलाई सफलता दिलाएका छन् । तर, देशले प्रतीक्षा गरेका ...

ईपीजीको विषय उठाएर माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री दाहाल

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको बताएका छन् ।

‘विद्युत् व्यापार सम्झौता हस्ताक्षरको लेभलमा छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबारदेखि चारदिने भारत भ्रमणमा छन् । भ्रमणका क्रममा नेपालले प्राथमिकता दिँदै आएका दुईतर्फी हवाई रुट थप, विद्युत् व्यापारलगायत विषयमा सम्झौता हुन नसके पनि अन्य सात सम्झौता/समझदारी गरिएका छन् ।

अग्निपथ र ईपीजीबारे दुई प्रधानमन्त्रीबीच छलफल भएन : विदेश सचिव क्वात्रा

भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनलगायतका विषयमा चर्चा नभएको बताएका छन् ।

भारतसँग दीर्घकालीन ऊर्जा व्यापारको बाटो खुला भएको छ : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताएका छन् ।

हवाई रुटमा सम्झौता भएन, पञ्चेश्वरमा पुरानै रटान

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बुहप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमतिमा आउन नसकेपछि अन्य ७ वटा विषयमा मात्र सम्झौता भयो ।

प्रचण्डजी र मैले रामायण सर्किटको काम अघि बढाउँछौं : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको काम अघि बढाउने बताएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणको दोस्रो दिन पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहालद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारत भ्रमणको पहिलो दिन बुधबार उनलाई स्वागत गर्न विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबारबाट सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन भुटानी शरणार्थीले माग गरेका छन् । 

भ्रमण टोली ८८ सदस्यीय

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि हुने चारदिने भारत भ्रमणमा जम्बो टोली हुने भएको छ । भ्रमण टोलीको औपचारिक सूचीमा सरकारी र निजी क्षेत्रका गरी ८८ जनाको नाम समेटिएको छ । केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

परम्पराको निरन्तरता कि क्रमभंगता ?

तेस्रो पटक प्रधानमन्त्री भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल चौथो भारत भ्रमणको तयारीमा छन् । प्रधानमन्त्रीका रूपमा सन् २००८ मा पहिलो पटक भारत भ्रमण गर्दा उनी संसद्को सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष थिए । अहिले पनि उनी माओवादीको अध्यक्ष नै छन् तर उनको दल तेस्रो स्थानमा छ । 

विराटनगर भन्सारसम्म रेल यार्ड सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह

सुनसरी मोरङ क्षेत्रका उद्योगीले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विराटनगर भन्सारसम्म निर्माण सम्पन्न भएको कार्गो ब्रोडगेज रेल यार्ड सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् । भारतले पटकपटक अनुरोध गरे पनि नेपाल पक्षले चासो नदिँदा रेल्वे यार्ड हस्तान्तरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् । 

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमण : 'ईपीजी प्रतिवेदन'बारे कुरा उठाउन पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमणमा दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, व्यापार, आपसी सहयोगलगायत विषयमा मुलुकको हितका लागि एजेन्डा तय गर्न पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव दिएका छन् । नेपाल र भारतबीच सम्बन्धनमा उठेका प्रश्नहरुको सम्बोधन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन ग्रहण गर्नेबारे वार्ता गर्न पनि सुझाव दिए ।