२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

चैत्र ३, २०७९

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झाल...

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई  मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

मंगलबार रातिदेखि मौन अवधि

शुक्रबार बानेश्वरस्थित संसद्‍ भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनलाई पारदर्शी बनाउन भन्दै मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।  सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । शनिबार बिहान साढे ८ बजे गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

उपराष्ट्रपति जसपालाई नदिन दबाब

तराई–मधेशकेन्द्रित दलहरूले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति नदिन ‘लबिइङ’ थालेपछि शक्ति बाँडफाँटलाई लिएर आठदलीय सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । लोसपा, जनमत र नागरिक उन्मुक्तिले जसपालाई उपराष्ट्रपति नदिन दबाब बढाएसँगै कांग्रेस र माओवादी नेताको पनि बोली फेरिएको छ ।

उपराष्ट्रपति उम्मेदवारीबारे आयोगको वक्तव्य संविधानभन्दा बाहिर छैन : शक्ति बस्नेत

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले संविधान र कानुनको मर्म र भावना अनुसार नै उपराष्ट्रपति चयन हुने बताएका छन् । निर्वाचन आयोगले जारी गरेको वक्तव्य पनि संविधानभन्दा बाहिर नरहेको उनले बताए ।

पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषभन्दा फरक लिंग र खसआर्यभन्दा फरक समुदायको मात्र उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आयोगले खस आर्य समुदायको पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले अब यो समुदाय र लिंग भन्दा फरक व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने निर्णय गरेको हो । 

उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको उमेर नपुग्ने

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ । 

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै‚ उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य छन् ।

निर्वाचन आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता, खस-आर्य पुरुषबाहेकका हुनुपर्ने

निर्वाचन आयोगले राष्ट्रपतिमा खस-आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक‚ मनोनयन दर्ता शनिबार

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले कार्यतालिका सार्वजनिक गर्दै चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने समय शनिबारका लागि तोकेको छ । 

रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्न चाहन्छन् उपेन्द्र

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दलले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनाउने सहमति गरेका छन् । राष्ट्रपतिको निर्वाचनपछि ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गरिसकेको छैन । तर यसपटक राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुने सम्भावना भने बढेको छ । 

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिनका लागि माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले यसबारे जानकारी दिएका हुन् ।

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति-उपराष्ट्रपति हुन बन्देज छैन : न्यायाधीश समाज

बहालवाला न्यायाधीशहरुको संस्था न्यायाधीश समाजले राष्ट्रपति उपराष्ट्रपति लगायत निर्वाचनबाट पूर्ति हुने पदहरुमा जानका लागि पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई कुनै बन्देज नरहेको बताएका छन् । राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशहरु समेतलाई बनाउनुपर्ने लबिङ भइरहेका बेला त्यही लबिङलाई सहयोग पुग्ने खालको धारणा न्यायाधीश समाजबाट आएको हो ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे दाहालले मागे नेताहरूको सुझाव

प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् । स्थायी कमिटीको बिहीबार सुरु भएको बैठकमा दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ पनि गरेका थिए ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग सोमबार परामर्श गरेका छन् ।