२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
सुदूरको सान

सुदूरपश्चिमको आर्थिक तथ्यचित्र

माघ ९, २०७९

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० छ । यो नेपालको कुल जनसंख्याको ९.२८ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा ७.२१ प्रतिशत छ । गत आर्थिक वर्षम...

दूर परेका मुद्दा

जति बेला म चुनाव लड्ने मानसिकतामा नेपाल फर्किंदै थिएँ, त्यो बेला सुदूरपश्चिमप्रति मेरो बुझाइ अलग थियो । जब म डडेलधुरा पुगें, त्यहाँको वस्तुस्थिति फरक पाएँ । विकासकै हिसाबले मैले डडेलधुरा अलिक धेरै विकसित होला भन्ने सोचेको थिएँ । किनभने देशको पाँच पटक प्रधानमन्त्री भइसकेको नेताको गृहजिल्ला, उनले धेरै काम गरेका होलान् भन्ठानेको थिएँ । मलाई त्यहाँ स्वीकार नगरिएला, सहयोग नमिल्ला भन्ने लागेको थियो ।तर अवस्था त्यसको ठीक उल्टो रहेछ ।

उठ्नुपर्छ क्षेत्रगत विकासको आवाज

सुदूरपश्चिम अथाह सम्भावना र अवसरको भण्डार हो । हामीले यहाँका सम्भावनाको सदुपयोग गर्न सकेका छैनौं । विगतमा अनेक कारणले हामी पछि पर्‍यौं । अब भने तीव्र गतिमा दौडिनुपर्नेछ । कृषि, पर्यटन, पूर्वाधार विकास, जलस्रोत र जनशक्ति उपयोगका माध्यमबाट सुदूरपश्चिमलाई माथि उठाउन सकिन्छ ।

लोक सुस्केराको ओज

सुदूरपश्चिमका मौलिक लोकगीतहरूको इतिहास छ । डाँडाकाँडा र गाउँबस्तीसँगै अन्तरकुन्तरमा संस्कारजन्य परम्परा र मनोरञ्जनको सर्वप्रिय जुनकिरी बनेर उज्यालो छरिरहेका छन् यस क्षेत्रका लोकगीतले । लोकजीवनका अनुभव, संस्कार, संस्कृति, मायाप्रेम, विरह, सुखदुःख, सबै–सबै लोकगीतका माध्यमबाट व्यक्त भइरहेका हुन्छन् ।

खोलौं दक्षिण र उत्तरका ढोका

आर्थिक, औद्योगिक र व्यापारका गतिविधिमा सुदूरपश्चिम पछि पर्नुको एउटा कारण हो– यहाँ भौतिक पूर्वाधारका ठुल्ठूला परियोजना प्रारम्भ गरेनौं । अरू ठाउँमा ठूला परियोजना सुरु भएर अगाडि बढे, हामीकहाँ योजना नै ढिलो भए । सुदूरपश्चिममा केन्द्रीयस्तरका ठूला परियोजना अन्य ठाउँको तुलनामा ढिलो मात्रै जोडिनुको कारण हामी राजधानीसँग भौतिक रूपमा ढिलो जोडिनु पनि हो । कर्णालीको पुल बनेपछि मात्रै सुदूरपश्चिम बाँकी नेपालसँग जोडिएको थियो । 

रूपान्तरणकारी परियोजना

सरकारले वर्षौंदेखि आधारभूत पूर्वाधारको पर्याप्ततामार्फत् आर्थिक एवं व्यावसायिक क्रियाकलाप अभिवृद्धिका साथै सार्वजनिक सेवा प्रवाहमा कुशलता अभिवृद्धिका लागि पहल गर्दै आएको छ । योजनावद्ध विकासको साढे ६ दशक लामो इतिहासमा मुलुकले आर्थिक–सामाजिक विकासमा ठूलो फड्को मार्न नसकिरहेको यथार्थ हाम्रा सामु विद्यमान छन् ।

गौरवको गति

सुदूरपश्चिम प्रदेशमा सञ्चालित ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहरूबारे चुनावी र कहिलेकाहीं राष्ट्रिय चर्चामा मात्रै आउँछन् । केही कार्यान्वयनमा चरणमा रहेका आयोजनाको काम पनि कछुवा गतिमा अघि बढ्दा, सुदूरपश्चिमको जीवनस्तरमा परिवर्तन देखिन अझै केही समयलाई पर्खनुपर्ने देखिन्छ ।

शिक्षाको सुदूर बाटो

सुदूरपश्चिममा उच्च शिक्षाको संस्थागत विकासको इतिहास लामो छैन । ०१७ सालअघि यहाँ कलेजस्तरको शिक्षा दिने शिक्षण संस्था थिएनन् । पढ्न काठमाडौं या भारत जानुपर्थ्यो । जनसहभागिताबाट ०१७ सालमा स्थापित डोटी इन्टरकलेजलाई कलेजस्तरको आधुनिक शिक्षा दिने पहिलो संस्थाका रूपमा लिन सकिन्छ ।

माटोको मान

पूर्व मेचीदेखि पश्चिम महाकाली अर्थात् मुलुकका सातै प्रदेशको तराईका फाँट नेपालका लागि अन्नभण्डार हुन् । समतल जमिन, प्रशस्त खेतीयोग्य फाँट र प्रचुर सिंँचाइ सुविधाका कारण तराई भूभागको उब्जनीले नेपालको पहाड र हिमाली भेगका बासिन्दाको छाक टरिरहेको छ । चालीसको दशकअघिसम्म तराईको उत्पादन भारततर्फ पनि निर्यात हुने गरेको थियो ।

मूल मुद्दा महिलाको

२० वर्षकी उनी अहिले सात महिनाकी गर्भवती छिन् । उनको गर्भ तीन महिना हुँदा दिनभरि झन्डै बाह्र पटक बान्ता गरी बेहोस हुन् पुगिन् । घरबाट बोकेर गाडीसम्म पुर्‍याउन सक्ने पुरुषहरू घरमा कोही थिएनन् । गाउँलेहरूको मद्दतले बेहोस भएको झन्डै एक घण्टापछि बैतडी जिल्ला अस्पताल पुर्‍याए । उनको घरमा तीन जना मात्रै महिला छन् ।

देश जोड्ने विमानस्थल

तराईका आन्तरिक हवाई अड्डामध्ये सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थल हो । पाँच वर्षअघि साँझ ढल्किनै लाग्दा जहाज अवतरण भइहाले टावरको ड्युटीमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई तनाव हुन्थ्यो । अवतरणलगत्तै १८ सय मिटर लामो धावनमार्गबाट फन्को लगाई जहाज एप्रोन (पार्किङ) मा आइपुगेको हुन्थेन, टावरको हट सिटमा बसेका एटीसीले चालकदललाई अत्याइरहेका हुन्थे । उनीहरू भन्थे, ‘क्याप्टेन साप फटाफट गर्नुहोस् है ∕ घाम डुब्नै लाग्यो । भिजिबिलिटी नपुग्ला ।’

राजनीतिक सृष्टि र दृष्टि

नेपालको राजनीतिक प्रवृत्ति सन्तुलित विकास, सबै वर्ग एवम् समुदायको समग्र उत्थान, विशेषगरी आर्थिक, शैक्षिक दृष्टिकोणबाट पछाडि परेकाहरूलाई माथि उठाउने ठोस योजना अभावबाट ग्रस्त छ । त्यसको पीडा सुदूरपश्चिमले भोग्दै आएको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र आपूर्ति प्रणालीका दृष्टिबाट सुदूरपश्चिममा जस्तो समस्या छ, त्यसलाई समाधान गर्न जुनस्तरको तत्परता, योजना, काम हुनुपर्ने हो, त्यो हाम्रो समग्र राज्य प्रणालीबाट भइरहेको पाइँदैन । 

लघुताभास छाडी लम्किने बाटो

सन् १८१४ देखि १८१६ सम्मको बेलायतसँगको युद्ध र त्यसपछिको सुगौली सन्धिले नेपालले एक तिहाइ भूमि गुमायो । सन् १९५७ मा बेलायती शासनविरुद्ध भारतका सिपाहीहरू, राजा–रजौटा र जनताहरूले विद्रोह सुरु गरे । त्यो दबाउन अंग्रेजले नेपालका जंगबहादुर राणासँग सैन्य सहायता मागे ।

स्वास्थ्यका सुधारोन्मुख सूचक

नेपालीहरूको अपेक्षित आयु ७१.२ वर्षमा उक्लिएको वर्ष दिन नपुग्दै बाजुराको मुक्तिकोट गाउँकी २८ वर्षीया शान्ति विकले बालखा छोरो गुमाइन् । पेटभर पोसिलो खुवाउन नसकेरै चार वर्षको सन्तान गुमाएकी उनी स्वयम् कडा कुपोषणसित लड्दै छिन् । पछिल्लो एक वर्षमा शान्तिसहित यस गाउँका पाँच आमाको काख रित्तिएको स्थानीय आधारभूत स्वास्थ्य केन्द्रकी अनमी मालती बमले जनाइन् ।

रोजगारीकै सकस

बाजुरा गोत्रीका ६० वर्षीय नरवीर सार्की ४५ वर्षदेखि भारत उत्तराखण्डको हल्द्वानीमा भारी बोक्ने काम गर्छन् । १५ वर्षको उमेरमा गाउँलेसँगै हल्द्वानी पुगेका उनको रोजगारीको गन्तव्य अझै फेरिएको छैन । सुरुमा हल्द्वानी पुग्दा उनी भारी बोक्थे । अहिले घर तथा सडक निर्माणको काममा ज्यालादारी गर्छन् । यही कमाइबाट उनको परिवारको खर्च चलेको छ ।

माया नमारे मेरा शिरफूल

आरजे राजको चर्चित गीत ‘शिरफूल’ को अर्को संस्करणलाई अहिले युट्युबमा श्रोता/दर्शकले मन पराइरहेका छन् । ‘कैले माया नमारे मेरा शिरफूल’ यसपटक रेखा जोशीको स्वरमा आएको गीतले नेपाली र सुदूरपश्चिमको भाषालाई जोडेको छ । मुलुक भाषा, संस्कृतिमा कति समृद्ध छ भन्ने यसरी गीतले जोड्दा आभास गराउँछ । यस्तै छ, केही अघि चक्र बमले ल्याएको ‘ओई काजल’ गीत ।

थरी–थरी जडीबुटी

समुद्र सतहको १ सय ९ मिटरदेखि ७ हजार १ सय ३२ मिटरको भूभाग पर्छ सुदूरपश्चिममा । अति गर्मी हुनेदेखि बाह्रैमास चिसो रहने क्षेत्र अपी हिमालसम्मको उचाइ रहेको प्रदेश थरी–थरीका जडीबुटी उत्पादनको भण्डार हो ।