२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४
विमान दुर्घटना

यतीको एटीआर विमान दुर्घटना : अन्तिमका ती ६ मिनेट 

फाल्गुन ४, २०७९

पोखरामा एक महिनाअघि भएको यती एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी जाँच आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौंबाट पोखराका लागि माघ १ को बिहान १०:३२ मा उडेको यती एयरको ९ ए...

एकै परिवारका ४ सहित पर्वतका १० जनाको निधन

आइतबार बिहान पोखरास्थित सेती खोंचमा भएको यति एयसलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका– ५ का एकै परिवारका ४ जनासहित पर्वतका १० जनाको निधन भएको छ ।

पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो ।

पोखरा विमान दुर्घटना : शव निकाल्ने क्रम जारी [अपडेट]

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा शव देखेर पनि निकाल्न कठिन भइरहेको छ । नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको छ ।

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

२४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो– यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको छ । अञ्जुको विवाह को–पाइलट पोखरेलसँग भएको थियो, उनी नेपाली सेनाको हेलिकोप्टर उडाउँथे । बिहेको केही वर्षपछि यती एयरलाइन्सको पाइलट बनेका दीपकको सन् २००६ मा जुम्लामा जहाज दुर्घटनामा मृत्यु भयो ।

दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा दुःख व्यक्त

यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै दुःख प्रकट गरेका छन् । ‘भारतीय नागरिकलगायत यात्रुहरूको ज्यान लिने गरी नेपालमा भएको दुःखद् विमान दुर्घटनाबाट पीडा भएको छ । यो शोकको घडीमा मेरो प्रार्थना शोकसन्तप्त परिवारहरूको साथमा छ,’ मोदीले ट्वीटमा भनेका छन् ।

धन्न, बस्ती जोगियो

पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण नगरी देब्रे मोडियो । जहाज कता जाँदै छ भन्ने पत्तो नपाउँदै ठूलो आवाज आयो । धूवाँको मुस्लो निस्कियो । उनी त्यतैतिर दौडिए ।

यतीको जहाज खस्दा असाधारण क्षति

यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई उडाउँदै थिए क्याप्टेन रामोद श्रेष्ठ र एमके श्रेष्ठले । तर यात्रु कम भएको भन्दै उडान ‘मर्ज’ गरियो । केसी र खतिवडा पोखरा नै जाने भए तर अर्को जहाजमा । जहाजसँगै परिचारिका पनि फेरिए ।

पोखरामा यति विमान दुर्घटना : छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न जाँच आयोग बनाउने निर्णय गरेको हो ।

प्रधानमन्‍त्री दाहाल घटनास्थल जाँदै

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको स्थानमा पीडितहरूलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसतर्फ जाने भएका छन् ।

नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु

नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

पोखरामा यति विमान दुर्घटना : सेती खोंचमा देखिएका १४ शव निकाल्ने प्रयास जारी

पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।

पोखरा विमान दुर्घटनाप्रति उच्चपदस्थ व्यक्तिहरूद्वारा शोक वक्तव्य

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाप्रति प्रधानमन्त्रीलगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूले दु:ख व्यक्त गरेका छन् । उनीहरूले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा उद्धार कार्य तीव्र बनाउन पनि आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।

मौसम ठीक थियो, मापदण्ड पूरा गरेरै उडान गरिएको हो : महाप्रबन्धक ठाकुर

पोखरा विमानस्थल नजिकै आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको र मौसम पनि ठीक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् । 

'विमानमा समस्या देखिएको बारे पाइलटहरुले पोखरा टावरलाई केही भनेका थिएनन्'

पोखराको नयाँगाउँमा आइतबारदुर्घटनामा परेको यति एयरलाइन्सको एटिआर विमानका पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको खुलेको छ । उक्त विमान क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाइरहेका थिए ।

उद्धारमा कुनै कमजोरी नगर्न प्रधानमन्त्रीको निर्देशन 

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । 

पोखरामा यतिको विमान दुर्घटना : चालक दलसहित ७२ यात्रु सवार

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।