३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समाजका संवेदनशील मुद्दाहरु छुटिरहेका छन्

असार २८, २०७९

म पनि मधेशी महिला हुँ । म ब्राहमण समुदायको भए पनि बसोबास गर्ने ठाउँमा दलित महिला हुनुहुन्छ, जनजाति, मुस्लिम पनि हुनुहुन्छ । विगतमा सबै महिलाको समस्या उस्तै थियो, सबैले घुम्टो राख्थे । खुलेर ब...

सिंहदरबारको विकृति प्रदेश र स्थानीय तहमा देखिनुभएन

संघीयताको अभ्यास गरेको पाँच वर्ष भयो । म विकासमा काम गर्ने भएकाले राजनीति गरेर राष्ट्रिय सभामा आएको होइन । विकासका दृष्टिबाट हेर्दा संघीयताको आवश्यकता भनेको जनताले सेवा सहज रुपमा पाउनका लागि हो । राज्य संरचना समावेशी बनोस्, सबैले आफ्नो जीवनयापनलाई प्रत्येक्ष असर पार्नेगरी नीति निर्माणमा सहभागी हुन सकुन् भन्ने हो ।  

सामाजिक रूपान्तरण राजनीतिको अभिन्न मुद्दा बन्नुपर्छ

यो समाज बदलियो कि उस्तै छ भन्ने विषयलाई कसरी अगाडि बढाउने ? समाज केही कुरामा बदलिएको छ, केही कुरामा उस्तै छ । त्यसैले समाज बदलियो कि उस्तै छ भन्ने सूचक/मापदण्डहरु के–के हुन सक्छन् ? समाज बदलियो भन्ने कुरालाई जोड्दा, समाजमा भएका निमुखा वर्ग, समाजमा भएका कमजोर वर्ग माथि उठ्यो, कि उठेन ?

संघीयताको सवालमा ओली र देउवा उस्तै देखिनुभयो

राजनीतिक रूपमा हाम्रो समाज विगतभन्दा केही सचेत देखेको छु । पहिला राजनीतिक रूपमा देश कता जाँदैछ भन्ने चिन्ता थिएन । खासगरी राणाविरोधी आन्दोलनदेखि २०३६, २०४६ र पछिल्लो समय जनयुद्ध, मधेश आन्दोलनसम्म आउँदा राजनीतिक सचेतना बढेको छ । 

जनकपुरका सडकमा महिलाको उपस्थिति किन कम छ ?

जनकपुरको पुनर्जागरण र वैभव फर्काउने कुरा भइरहँदा यहाँका सडकमा महिला किन छैनन् भन्ने कुरा पनि जोडिएर आउँछ । महिलालाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ, संघीय र प्रदेश व्यवस्थापिकामा ३३ प्रतिशत स्थान दिने भनिएको छ । तर, व्यवहारमा त्यो लागू भएको छैन ।

जनकपुरलाई धार्मिक-पर्यटकीय केन्द्रका रूपमा स्थापित गरौँ

जनकपुरको विकासलाई दुईवटा दृष्टिकोणले हेर्नुपर्छ । आत्मदृष्टि र चरणदृष्टि । हामीले चरणदृष्टिले हेर्‍यौं भने जनकपुरमा विकास भएको देखिन्छ । यहाँ स्वर्गद्वारको निर्माण भएको छ, महागंगा आरती सुरु भएको छ, सडकको विस्तार भएको छ, विमानस्थलको स्तरोन्नति भएको छ, ब्रोड गेजको रेल सञ्चालनमा आएको छ, निजी स्तरमा शैक्षिक संस्थाको वृद्धि भएको छ ।

जनकपुरको वैभव फर्काउने काम गरिरहेका छौँ

शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनकपुर एउटा उद्गमविन्दु हो । पूर्वी दर्शनका चारवटै दर्शन जनकपुरबाट लेखिएको कुरा हामीले पढ्दै आएका छौं । अहिले पनि हामी प्रगतिशील अवस्थामा छौं । अहिले असाध्यै सही समयमा जनकपुरको पुनर्जागरण र वैभव फर्काउने कुरा आइरहेको छ ।

समाज रूपान्तरणलाई दलहरूले एजेन्डा बनाएनन्

समाज कुनै सरकार भए पनि नभए पनि, कुनै सरकारले काम गरे पनि नगरे पनि स्थिर बसिरहने कुरा होइन । त्यो अघि बढिरहेकै हुन्छ । समाज रूपान्तरणको गति मधेश प्रदेशमा अत्यन्तै सुस्त रूपमा अघि बढिरहेको छ । धेरै पक्षमा हामी भ्रमित पनि रहेका छौं । समाज रूपान्तरण केलाई भन्ने र केलाई नभन्ने ?

जनकपुरको वैभव र प्रतिरोधी संस्कृति हराइरहेको छ

जनकपुरका जनताले आफ्नो जीवन बचाउन र आफ्नो समाजलाई सुन्दर बनाउनका लागि गरेका अभ्यासहरु नै जनकपुरका वैभव हुन् । ती अभ्यासबाट प्राप्त वैभवहरु फर्काउने हो भने यो सही अवसर हो । हामीले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएका छौं । हामीले अब जनकपुरका वैभवहरू खोज्नुपर्छ ।

महिलाको मुद्दालाई जबसम्म समाजको मुद्दा मानिँदैन, तबसम्म केही हुँदैन

वास्तवममा समावेशिता र संघीयताको मुद्दा मधेश सरकारले नै उठाएको हो । संघीयताको पहिलो छ वर्ष मधेश नै एउटा यस्तो सरकार हो, जुन सरकारले ५ वर्ष टिकेर एकलौटी शासन चलाउन सफल भयो । त्यसकारण मधेश सरकारसँग जनताको आशा र अपेक्षा हुन्छ । 

चुरे हामी सबैको गौरव हो, संरक्षणका लागि सबैले पहल गरौं

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति स्थापना भएको हिसाबले १० वर्ष भयो । तर समिति गठन भएर काम गरेको ८ वर्ष भयो । हामीले ०७९ असार २ गते आठौं चुरे दिवस मनायौं । अहिले हामी तेस्रो सञ्चालक समिति हो । ०६६/६७ मा कार्यक्रम सुरु भएदेखि यसअघि २ वटा समितिका पदाधिकारीको समय सकिसकेको छ । 

अवैज्ञानिक तरिकाले चुरेको गिट्टी बालुवा उत्खनन गर्ने सरकारको नीति ठीक छैन

पूर्वदेखि पश्चिमसम्ममा १२.७८ प्रतिशत चुरे छ । चुरे र तराईको अन्तरसम्बन्ध माटो, पानी र जैविक विविधतामा छ । यो तीन वटाको प्रमुख केन्द्र चुरे हो । चुरे क्षेत्र तराईका लागि लाइफलाइन हो । जैविक विविधताका लागि पूर्वदेखि पश्चिमसम्ममा ‘लिभिङ कोरिडोर’ का रूपमा अब चुरे मात्रै एउटा बाँकी छ । 

चुरेमा डोजर र माफियाको आतंक छ, यसलाई रोक्नुपर्छ 

मधेशले भोगेका समस्यालाई म आफैंलाई एक प्रतिनिधि पात्र मानेर हेर्ने हो त्यो बढी सार्थक हुन्छ । पीडा व्यक्तिको होइन, समुदायको मात्र पनि होइन, त्यो राष्ट्रकै पीडा हो । यसलाई सबैले अनुभूत गर्न सक्नुपर्छ । म चुरे भावर वा शिवालिकको विज्ञ होइन । तर त्यसले तराईलाई दिएको पीडाबारे मलाई ज्ञान छ । वास्तविकता के हो भने चुरेको दुष्प्रभाव अहिले तराईका हरेक क्षेत्रमा देखिन्छ । 

सामाजिक रूपान्तरणको प्रश्न

विश्लेषक तुलानारायण साहले भौतिक संशाधन र पूर्वाधार निर्माणका क्षेत्रमा परिवर्तन देखिनुलाई मात्र वास्तविक सामाजिक रूपान्तरण भन्न नमिल्ने बताएका छन् । मधेश मन्थनको चौथो सत्र ‘समाज बदलियो कि उस्तै छ, मधेसको सामाजिक रूपान्तरणका मुद्दा’ मा उनले मधेसको रूपान्तरण सुस्त गतिमा भएको बताए । काठमाडौंमा जस्तै जनकपुरको शासनसत्तामा पनि कुनै एक जातिको वर्चस्व रहेको उनको भनाइ थियो । 

जनकपुर कस्तो बनाउने ?

‘जनकपुरको पुनर्जागरण, वैभव फर्काउने अवसर’ शीर्षकका वक्ताले सांस्कृतिक जागरणसहित जनकपुरको समग्र विकास गर्नुपर्नेमा जोड दिएका छन् । जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साहले अन्तःगृह परिक्रमा मार्गभित्रका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा तथा ग्रामीण इलाकालाई कृषि र औद्योगिक क्षेत्रका रूपमा विकसित गर्नुपर्ने बताए ।

‘समृद्धिलाई आधार बनाउन सकिएन’

संघीयता कार्यान्वयनमा आर्थिक मुद्दा र समृद्धिलाई आधार बनाउन नसकिएको जानकारहरूले बताएका छन् । ‘मधेश मन्थन’ को ‘कहाँ अड्कियो शासन प्रशासन : संघीयता, सेवा प्रवाह र स्थानीय समुन्नति’ सत्रका वक्ताले संघीयता कार्यान्वयनका लागि भएका प्रयास पर्याप्त नभएको औंल्याएका छन् । 

‘चुरे समस्या मधेसको मात्र होइन’

विज्ञ तथा सरोकारवालाहरूले चुरे संरक्षणका लागि मधेश प्रदेश सरकारको मात्र नभएर संघीय सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । मधेस मन्थनको ‘चुरे : मधेशको जीवनाधार’ सत्रमा अध्येता विजयकुमार सिंह दनुवारले मधेश र तराई क्षेत्र जोगाउनका लागि चुरे संरक्षण आवश्यक रहेको बताए । उनले मधेश र चुरेको अन्तरसम्बन्ध मुख्यगरी माटो, पानी र जैविक विविधतामा देखिने बताए । 

‘चुरेको दोहन नरोकिए मधेस मरुभूमि बन्छ’

यहाँ (जनकपुर बजार) देखि १० किलोमिटर पर एउटा गाउँमा मेरो जन्म भएको हो । यहींको स्कुलमा शिक्षा लिएँ । म राणाकालमा जन्में । यसकारण पछिल्लो करिब ७ दशकदेखिका सबै घटनाक्रमको म साक्षी छु । २००७ सालको क्रान्ति मलाई अलिअलि मात्र याद छ । तर, २०१७ सालको घटना मेरो सामुन्ने छ । त्यतिबेला पनि १२ बिघाको बगैंचा थियो ।

‘संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व अनुदार’

तेस्रो मधेस विद्रोह व्यवस्थापनका लागि बाध्य भएर संघीयता स्वीकार गरेको नेतृत्व राजनीतिको केन्द्रमा रहेसम्म संघीय व्यवस्था कार्यान्वयनमा समस्या आइरहने विज्ञहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले जनकपुरमा शनिबार आयोजना गरेको ‘मधेश मन्थन’ अन्तर्गत ‘संघीयताको अभ्यास र अनुभव’ सत्रमा उनीहरूले संघीयताको कार्यान्वयन अपेक्षाकृत नभए पनि त्यसबाट पछि जाने सम्भावना कम रहेको बताए ।