कीर्तीमानी धाविका भन्छिन्- 'ओलम्पिकमा दौडिने धोको छ' [भिडियोसहित]

१३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेर सन्तोषी श्रेष्ठले ऐतिहासिक कीर्तिमान बनाइन् । सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिलाको । सन्तोषीसँगको रवीन्द्र ढकालले गरेको कुराकानी :

खेलाडीलाई कति रकम : सरकारी पदाधिकारी नै द्विविधामा [सुन्नुहोस् अडियो]

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् । व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा देखिएको हो । 

सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख

१३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।

बधाई दिन प्रधानमन्त्रीले बालुवाटारमा डाके सागमा पदक विजेता खेलाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बालुवाटार बोलाएका छन् ।

साग फुटबलको फाइनल हेर्न रंगशालामा जम्मा भएका दर्शकमाथि प्रहरीको लाठीचार्ज

दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकहरु माथि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटपिट गरेको छ । 

'प्रशिक्षकबिनाको खेलाडी'

१३ औं सागमा स्वर्णपदकको आशा गरिएका खेलाडीहरू पहिलो दिन आइतबार एकपछि अर्को गर्दै चुकिरहेको बेला देविका खड्काले सफलता दिलाइन् । उनले चार खेलाडी रहेको ५२ केजीमुनिको स्पर्धामा राउन्ड रोबिन लिगमा शतप्रतिशत जित हासिल गर्दै यो सागमा नेपाललाई जुडोबाट पहिलो स्वर्ण दिलाएकी हुन् ।
ADVERTISEMENT

कबड्डीमा चुपचाप इतिहास

हल्चोकस्थित सशस्त्र प्रहरीको कभर्डहलमा दशरथ रंगशाला र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा जस्तो तडकभडक छैन । न दर्शकको हल्ला सुनिन्छ । न त त्यहाँ धेरै मिडियाकर्मी नै पुगेका छन् । खेलाडी शान्त माहोलमा खेलिरहेको दृश्य आकर्षक देखिन्छ । कतिपयलाई थाहा नहुन सक्छ त्यही माहोलभित्र महिला कबड्डीले चुपचाप एउटा इतिहास लेखिसक्यो । अर्को स्वर्णिम इतिहास सन्निकट छ ।

बक्सिङमा नेपाल–भारत स्वर्णका लागि भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको तेस्रो दिन आइतबार थप दुई नेपाली खेलाडीले फाइनलमा स्थान बनाएका छन् । कुल १६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालका ९ खेलाडीले फाइनल खेल्नेछन् । फाइनल खेल सोमबार र मंगलबार हुनेछ । 

'जलपरी'को तीन स्वर्णको कीर्तिमान 

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा तीन स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिस्पर्धाको चौथो दिन आइतबार ४ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । 

नेपाल अन्ततः फाइनलमा

अन्ततः नेपालले आइतबार फुटबलको फाइनल यात्रा तय गरेको छ । भन्न सक्ने स्थितिमा पुगेको छ, हामी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा सम्मिलित पाँच टिममध्ये शीर्षस्थानमा रह्यौं । अझ राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितमा नेपाल नै एकमात्र यस्तो टिम रह्यो, जसले कुनै पनि खेल गुमाएन ।

बीच भलिबलमा नेपाललाई कांस्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बीच भलिबलमा नेपालको महिला टीमले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो ।

भारोत्तोलनमा नेपालका सागरले रजत र पुकारले कांस्य जिते 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अर्न्तगत भारोत्तोलनमा नेपालले आइतबार थप १ रजत र  १ कांस्य पदक जितेको छ । नेपालका लागि सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा रजत पदक हात पारे । सो प्रतियोगितामा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते ।

पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल पुग्यो

१३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई ६ स्कोरले पराजित गर्दै टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

नेपाललाई पराजित गर्दै भारत समूह विजेता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा शनिबार नेपालालाई १–० ले हराउँदै भारत समूह विजेता बनेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतकी स्ट्राइकर बालादेवीले निर्णायक गोल गरिन् । 

१२ औंमा रजत जितेका विकासलाई स्वर्ण

भारतमा भएको अघिल्लो सागमा रजत जितेका भारोत्तोलन खेलाडी विकास थापाले यसपालि स्वर्ण हात पारेका छन् । शुक्रबार दिउँसो पोखरामा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् । स्न्याच १२३ तर्फ र क्लिन एन्ड जर्कमा १४९ गरी उनले कुल २६९ केजी भार उठाए । 

पति पत्नीले नै जिते कांस्य

नेपाली खेलकुदमा पतिपत्नी जोडी धेरै छन् । यसपालि सागमै पनि यस्ता जोडिएको चर्चा भएको छ । करातेका प्रशिक्षक दीपक विष्ट र दोहोरो स्वर्ण विजेता आयशा शाक्यको जोडी सबभन्दा धेरै चर्चामा रह्यो । 

जनकपुरमा आज ४ स्वर्णका लागि कुस्तीमा प्रतिस्पर्धा हुँदै

जनकपुरमा शुक्रबार १३ औं साग अन्तर्गत कुस्तीमा चार स्वर्णको लागि शुक्रबार खेल हुँदै छ । महिलातर्फ ५० किलोग्राम र ५३ किलोग्राम तथा पुरुषतर्फ ५७ कलोग्राम र ६५ किलोग्राम तौल समुहमा चार स्वर्णका लागि नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुने आयोजक कमिटिका प्रावधिक प्रमुख खगेन्द्र बस्नेतले बताए ।

स्वर्ण विजेता कमल कास्यमा सीमित

साग भारोत्तोलनको १०औं संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा भने कास्यमा सीमित भएका छन् । 

गल्फको पुरुष टिम इभेन्टमा पनि नेपाललाई स्वर्ण

१३ औं साग अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

महिला ह्यान्डबल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपाल महिला ह्यान्डबल टिम सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

कीर्तिमानी सावित्रा भन्छिन्, ‘भारतलाई देखाउने बेला आएको छ’

सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतले नेपाली महिला फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशाला फुटबल मैदानमा माल्दिभ्सविरुद्ध ३–० को जित हासिल गर्दा भण्डारीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता नेपाली खेलाडीको कीर्तिमान पनि बनाइन् । 

सावित्राको ह्याट्रिक, माल्दिभ्सविरुद्ध नेपाल विजयी

सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले १३ औं साग अन्तर्गत पोखरामा जारी माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेकी छन् । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

जब निमाले आमालाई स्वर्ण पदक लगाइदिइन्

तीन वर्षअघि भारतले लगाएको नाकाबन्दी खुलेको धेरै भएको थिएन, पेट्रोलको अभाव थियो । त्यही बेला भारतमै १२ औं दक्षिण एसियाली खेलकुद (साग) भइरहेको थियो । छोरी निमा घर्तीमगरले सागमा स्वर्णपदक जितेको खबर पाउँदा बुबा मन्सुर आफ्नो पिकअप भ्यान लिएर पेट्रोल हाल्ने लाइनमा बसेका थिए । छोरीले त्यो स्वर्णलाई १३ औं सागमा रक्षा गरेको क्षणलाई भने मन्सुरले आफ्नै आँखाले नियाले ।