दुर्घटना

धादिङमा जीप दुर्घटना, एक १ को मृत्यु, ८ घाइते

बेनिघाट रोराङ ४ आरन भञ्ज्याङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनाका छानबिन : कार्यान्वयन हुँदैनन् सुझाव

मंसिर २९ मा सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना । १६ जनाको मृत्यु । कारणः चक्कामा हावा कम हुनु र स्टेयरिङ काट्न नसके पनि चालकले जबर्जस्ती चलाउनु । मंसिर १२ मा अर्घाखाँचीमा बस दुर्घटना । १९ जनाको मृत्यु । कारणः गाडीले मोड पार गर्न नसक्नु, तीव्र गतिमा गुडाउनु र शीतले भिजेको सडकमा चक्का चिप्लनु । 

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते भन्छन्: चालक झ्यालबाट हाम्फालेर बेपत्ता भए

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरु यस्तै होला भन्ने डरले अघिल्लो रात उतै बास बसेर आएको तर चालकको लापरबाही गर्दा दुर्घटना भएको बताउँछन् ।

६ बुँदे सहमति गर्दै आन्दोलन टुंगियो

६ बुँदे मागसहित कोहलपुरमा जारी आन्दोलन टुंगिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु भएको पुष्टी, २३ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो [अपडेट]

इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।

अपडेट : नवलपरासी दुर्घटनामा ६ जनाको मृत्यु, सबैको सनाखत

पूर्व-पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । 

सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न

मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो । 

डिभाइडर र चिह्न नहुँदा दुर्घटना

कोटेश्वर–कलंकी सडक खण्डमा कमजोर व्यवस्थापनका कारणले दुर्घटना बढेको छ । सडकमा आवश्यक ट्राफिक संकेत, सडक बत्ती, डिभाइडर, ढलको ढकनी, रेलिङ, जेब्रा क्रस छेउमा गाडी रोक्न कोरिने चिह्नसमेत नहुँदा दुर्घटना भएको सरकारी अध्ययनले देखाएको हो । 

दुर्घटना कम गराउन सडकमा ‘डमी ट्राफिक’

 झापा, धुलावारीका प्रल्हाद दाहाल राति बिर्तामोडबाट मोटरसाइकलमा पूर्वतिर हुइकिँदै आए । चारआली चोकमा ट्राफिक प्रहरी उभिरहेको देखे । गति घटाए । चोकपछि छक्क परे । उनले देखेको ट्राफिक प्रहरी डमी थियो ।

फिलिपिन्समा ट्रक दुर्घटना , १५ को मृत्यु 

फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मंगलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका जनाइएको छ । 

मुक्तिनाथ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।