डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ बर्षिय शुभम लोथ्याल र सोही ठाउँका २० बर्षिय हुम लोथ्याल छन् ।

श्रावण २, २०८३

रासस

Jeep accident in Dadeldhura, two people killed

अमरगढी (डडेल्धुरा) —  डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । 

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ बर्षिय शुभम लोथ्याल र सोही ठाउँका २० बर्षिय हुम लोथ्याल छन् । जिप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ । जिपमा सवार ३ जना घाईते भएकाछन । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रासस

Link copied successfully