कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ कालिकाटोल नजिकै महाकाली नदीमा नुहाउने क्रममा २२ वर्षीय युवकको मृत्यु भएको हो ।
कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ कालिकाटोल नजिकै महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नदीमा नुहाउने क्रममा स्थानीय २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो ।
सोमबार दिउँसो नदीमा नहुाउने क्रममा ठगुन्ना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले अनुसार स्थानीय र सुरक्षाकर्मीले खोजी गर्दा त्यही स्थानमा उनी मृत अवस्थामा भेटिएको बताए ।
