केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
बझाङ — बझाङमा शनिबार अपराह्न जिप दुर्घटना भएको छ।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो । प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर दिपक विष्टले बताए।उनका अनुसार दुर्घटनामा केही यात्रुको ज्यान गएको छ ।
