बैतडीमा बस दुर्घटना, १७ जना घाइते 

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटना १७ घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको छ ।

असार १९, २०८३

तर्कराज भट्ट

Bus accident in Baitadi, 17 injured

डडेलधुरा — बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटना १७ घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको छ । 

पाटन नगरपालिका घर भएका ३५ वर्षीय चालक दिनेश भाट पनि घाइते भएका छन् । उनलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । 

तर्कराज

Link copied successfully