झ्यालढोका बनाउने क्रममा करेन्ट लागेर हर्कबहादुर पल्ली मगरको मृत्यु
डोटी — डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल-ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०/५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।
घटनाबारे वडा सदस्य तारा रामजालीले साँझ करिब ८:३० बजे टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बीपीनगरबाट प्रहरी निरीक्षक वीरबहादुर बोहराको कमान्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
