प्रहरीका अनुसार असार ६ देखि १२ सम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
कञ्चनपुर — पछिल्लो एक सातामा कञ्चनपुरमा लागुऔषध बिक्री तथा प्रयोग गरेको आरोपमा २४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले लागुऔषध बिक्री तथा प्रयोगमा संलग्न आरोपमा २३ पुरुष र १ महिलालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार असार ६ देखि १२ सम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुबाट १७ ग्राम खैरो हेरोइन , १५/ १५ थान प्रोमेथाजिन र बुप्रेनोर्फिन बरामद गरिएको डिएसपी टेकबहादुर रावतले बताए । उनका अनुसार लागुऔषध सम्बन्धी १२ वटा मुद्दा दर्ता गरिएको छ ।