दार्चुलामा गोठालो गएका पुरुष मृत फेला

खोजतलासका क्रममा उनी घरदेखि करिब एक किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक हेमराज भट्टले बताए ।

वैशाख २४, २०८३

मनोज बडू

Man found dead after going to Darchula for shepherding

दार्चुला — दार्चुलाको ब्यास गाउँपालिका–६ मा गोठाला गएका एक पुरुष मृत फेला परेका छन् । ब्यास गाउँपालिका–६ बडुगाउँका ५८ वर्षीय सुनादत्त बडू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार घर नजिकै गोठालो गएका बडू बेलुकासम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए । 

खोजतलासका क्रममा उनी घरदेखि करिब एक किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक हेमराज भट्टले बताए । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमराज भट्टको टोली घटना गएको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully