चक्कु प्रहार गर्ने दुई जना पक्राउ
कञ्चनपुर — कञ्चनपुरको पुनर्बास नगरपालिका-५ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । मृत्यु हुनेमा स्थानीय १८ वर्षीय उज्ज्वल सायर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति विवाहबाट फर्किने क्रममा युवाहरूबीच विवाद भएपछि चक्कु प्रहार भएको हो । ‘पुरानो रिसिईबी पनि देखिन्छ, विवाह भोज खाएर फर्किने बेला विवाद भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’
एसपी खत्रीले चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको बताए । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको उनले बताए ।
