जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा परी सिगास–८ का २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
बैतडी — जिल्लाको सिगास गाउँपालिका–८ सानिगाड खोलानजिक आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा परी सिगास–८ का २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
सिगासको लुपुणदेखि बझाङको देउलेख जाँदै गरेको सुप०१ ००१त १३८४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रवक्ता सिंहले जानकारी दिए । ट्याक्टरमा चालकसहित दुई जना सवार थिए । चालक भने सकुशल छन् ।
ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
