बैतडीमा आमाहरू सम्मानित

पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर नमुना माध्यमिक विद्यालय हुक्केडाँडाले मातातीर्थ औंसीको अवसरमा १९ जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको हो ।

वैशाख ४, २०८३

मोहन चन्द

Mothers honored in Baitadi

बैतडी — बैतडीमा एक विद्यालयले मातातीर्थ औंसीको अवसरमा ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको छ । 

जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर नमुना माध्यमिक विद्यालय हुक्केडाँडाले ज्येष्ठ महिलाहरुलाई मातातीर्थ औंसीको अवसरमा सम्मान गरेको हो ।

मातातीर्थ औंसीको अवसरमा एक कार्यक्रमकाबीच विद्यालय सेवा क्षत्रभित्रका १९ जना आमाहरुलाई सम्मान गरिएको सिद्धेस्वर नमुना मावि हुक्केडाँडा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताए । 

‘२०७४ सालदेखि निरन्तर मातातिर्थ औंसीको अवसरमा आमा सम्मान कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने, ‘यसै कार्यक्रमलाई निरन्तरता दिँदै आज पनि विद्यालय सेवा क्षेत्रभित्रका ६८ वर्ष उमेरमाथिका १९ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेका छौँ’ । 

आमाहरुलाई फलफूल वितरणसहित टीका लगाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully